स्वास्थ्यमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ अस्पतालमा


कलाकार मदनकृष्ण श्रेष्ठको अवस्था स्थिर रहेको छ । गएको शुक्रबार राति अचानक मुटुमा समस्या देखिएपछि उनलाई १ बजे राति गंगालाल अस्पताल लगिएको थियो ।

शुक्रबार राति ११ बजेदेखि नै मुटु धेरै दुख्यो भनेपछि अस्पताल लगिएको उनकी छोरी सरानाले जानकारी दिइन् । “मुटुमा रगत प्रवाह हुने नसा ९९ प्रतिशतले ब्ल्केज भएको रहेछ । १०० प्रतिशत नै भएको भए त हृदयाघात हुनेरहेछ । धन्न, हामीले समयमा नै अस्पताल लग्यौँ,” सरानाले भनिन् ।

शुक्रबार बेलुका अस्पताल लगिएको उनको शनिबार बिहान एन्जियोप्लास्टि गरेर स्टेन्ट (धातुको ट्युब) हालियो । उक्त शल्यक्रियामार्फत नाडी वा ग्रुइनमा धमनीमा ट्युब घुसाइन्छ । त्यसपछि मुटुको वरिपरि प्रभावित धमनीमा ट्युब थ्रेड गरिन्छ तथा बेलुन वा स्टेन्ट (धातुको ट्युब) घुसाइन्छ, जसले रोकिरहेको धमनी खुल्छ र रगत प्रवाह सामान्य गतिले हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *