युट्यूबरहरूको अपरेसन प्रभावकारी हुनु न्याय मर्नु सरह हो
चितवनमा सविता भण्डारीको एक महिनाअघि शंकास्पद् मृत्यु भयो। ससुराको यौन उत्पिडन र हत्याको आरोप सविताको माइती पक्षको छ। मृत्युपछि उनका संवेदनशील भिडियोहरू युट्युव र टीकटकमा भाइरल भइरहेका छन्।
उनको पक्षमा ह्यासट्याग जस्टिस फर सबिता भण्डारी ट्रेन्डिङमा छ।
गत शनिबार मात्रै एक राउटे युवती बलात्कृत भइन्। यस घटना पनि युट्युबदेखि टिकटकमा चर्चाको विषय बनेको छ।अभिनेत्री वर्षा शिवाकोटीले यी कारुणिक घटनाहरुलाई युट्युबरले मसला बनाएर चर्तिकला देखाइरहेको बताएकी छिन्। उनले सरकारलाई प्रश्न गरेकी छिन ‘के यो देशमा साँच्चै न्याय मरिसकेको हो?
फेसबुक स्टाटसमार्फत् उनले राज्यको न्याय प्रशासनभन्दा युट्यूबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु समान भएको टिप्पणी गरेकी छिन्।अझ रमाइलोका लागि टिकटकमा लिपसिंकको होडबाजी छ। घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं,’ उनले लेखेकी छिन्।