नेपालमा बहुल राष्ट्रवादको स्थापना हुन सक्दैन : शेखर कोइराला


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले ओली सरकारका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुल राष्ट्रवादसम्बन्धी भनाइ क्षम्य हुन नसक्ने बताएका छन्।

केन्द्रीय सदस्य कोइरालाले संविधानको भावना र मर्मका प्रतिकूल हुने कुनै पनि धारणा क्षम्य हुन नसक्ने बताएका हुन्।
आइतबार बिहान कोइराला निवास विराटनगरमा स्थानीय संवाददाताहरूलाई नेता कोइरालाले महतोका भनाइमा आफ्नो प्रतिक्रिया जनाए। उनले नेपालमा बहुल राष्ट्रवादको स्थापना हुन नसक्ने विचार व्यक्त गरे।डाक्टर कोइरालाले नेपाल एक बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको उल्लेख गर्दै यस भाषा, जाति, संस्कृति र धर्मको बहुलतालाई नेपालको संविधानले रक्षा गरेको धारणा प्रकट गरे।

सञ्चारकर्मीहरूसित उनको प्रतिक्रिया छ, ‘उहाँहरूको दस्तावेजमा के छ त्यो आफ्ना ठाउँमा छ। तर मुलुकको संविधानलाई स्वीकार गरेर उहाँ यो मुलुकको उपप्रधानमन्त्री भइसकेपछि संविधानअनुारको धारणा अगाडि आउनुपर्छ। संविधानको मूल्य, मान्यता र मर्मविपरीत हुने गरी आएका विचार क्षम्य हुन सक्तैनन्।’

कोइरालाले नेपाली जनताले बहुल राष्ट्रवादलाई स्वीकार गर्न नसक्ने बता

Leave a Reply

Your email address will not be published. Required fields are marked *