नागरिक लगानी कोषको साधारण सभा आह्वान
नागरिक लगानी कोषले वार्षिक साधारण सभा आह्वान गरेको छ । कोषको जेठ २१ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कोषको २६औँ वार्षिक साधारण सभा असार १८ गते, शुक्रबार, कोषको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा अपरान्ह २ बजेदेखि सुरू हुनेछ ।
त्यसैगरी, कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ८ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कोषले साधारण सभाको एजेन्डाहरू भने हालसम्म प्रकाशन गरेको छैन । कोषको चैत्र ११ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कोषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।