डेलीमेलको ‘नेपाल भरियन्ट’बारेको भ्रामक समाचार सच्याउन दूतावासको पत्र


काठमाडौँ। लण्डनस्थित नेपाली दूतावासले ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो ।

समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा ९बी.१.१.७०, डेल्टा ९बी.१.७१२.२० भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।यसका साथै दूतावासले डेलीमेललाई पत्र पठाएर आधारहीन समाचारलाई खण्डन गर्न र यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *