जसपा अध्यक्षद्वयलाई निर्वाचन आयोगको पत्र,‘ढाँचा मिलाएर आउनुस्’


निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई जवाफी पत्र पठाएको छ।

मंगलवार ठाकुर र यादवले एक अर्कालाई कारवाही गरेको पत्र आयोगमा पठाउँदै नाम रेकर्डबाट हटाएर अध्यावधिक गर्न दाबी पेश गरेका थिए।यसको जवाफमा बुधवार आयोगले ढाँचा नमिलेको भन्दै दुवै अध्यक्षलाई पत्र पठाएको हो।

‘दुवै पक्षलाई आज आयोगबाट पत्र पठाइएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘एउटा त अनुसूची १८ बमोजिमको ढाँचामा दाबी पेश गर्न दुवै पक्षलाई भनिएको छ। अर्को महन्थ ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको हस्ताक्षरसहितको प्रतिलिपी पेश गर्न भनेका छौं।’

राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिम व्यहोरा पेश गर्न आयोगले पत्र पठाएको हो। ‘पत्रमा अस्पष्टता भयो। थप पुस्ट्याईका लागि ढाँचामा आउनुस् भनिएको हो,’ श्रेष्ठले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *