सरकारलाई मदनकृष्ण श्रेष्ठको आग्रह,जसरी पनि भ्याक्सिनको व्यवस्था गरौं
कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना निकै बलियो भएको बताएका छन् । एक साताअघि अस्पतालबाट कोरोना जितेर घर फर्किएका श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सबैको अमृतरुपी मायाले गर्दा कोरोनारुपी विषलाई आफु पन्छाउन सफल भएको बताएका छन् ।
उनले लेखेका छन्– ‘ कोरोनाले मलाई पछार्न त नराम्रैसँंगै पछार्यो । पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेलाबेलामा तर्सायो पनि । बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया !!
तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन ।तज्ञता ज्ञापन शीर्षकमा पोष्ट गरिएको स्टाटसमा उनले आफ्नो शरीरमा अझै अलिअलि शिथिलता बाँकी रहेको समेत उल्लेख गरेका छन् । ‘देशमा अझै पनि कोरोना पीडितहरु धेरै बाँकी नै छन् कतिपय अझ थपिँदै पनि छन् । यस अवस्थामा देशको सबैभन्दा ठूलो समस्या भन्नु यहि कुलङ्गार कोरोना नै हो’ श्रेष्ठले अगाडि थपेका छन् ‘सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु ।