बलिउड अभिनेता सञ्जय दत्तलाई यूएईको ‘गोल्डेन भिसा’
बलिउड अभिनेता सञ्जय दत्तलाई यूएईले ‘गोल्डेन भिसा’ दिएको छ । अभिनेताले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् ।
दैनिक भास्करका अनुसार सञ्जयले पोस्टसँगै एक फोटो पनि राखेका छन् । जहाँ दुबईका जनरल डायरेक्टोरेट अफ रेसीडेन्सी एण्ड फरेन अफेयर्सका निर्देशक जनरल मेजर जनरल मोहम्मद अल मर्री पनि देखिएका छन् ।‘
मेजर मेजर जनरल मोहम्मद अल मर्रीको उपस्थितिमा संयुक्त अरब इमिरेट्सका लागि गोल्डेन भिसा प्राप्त गर्ने सम्मान पाएँ । यसका लागि यूएई सरकारलाई धन्यवाद । फ्लाई दुबईका सीओओ हमद ओबैदल्लाको पनि समर्थनका लागि आभारी छु’, उनले लेखेका छन् ।
यूएईमा गोल्डेन भिसालाई लङ टर्म रेसिडेन्स इभेन्टका रुपमा लिइन्छ । सन् २०१९ को मेमा प्रधानमन्त्री र दुबईका शासक के अप्रुवलपछि यो लागु भएको हो ।
सन् २०२० मा यूएई सरकारले यो भिसाको सुरुवात गरेको थियो । जसको अवधि १० वर्षको हुनेछ । यसको प्रमुख उद्देश्य प्रतिभाशाली व्यक्तिलाई खाडी देशमा बसाउनु हो ।