मध्यरातमा प्र.न्यायाधीश र प्रधानमन्त्रीबीच भेट, लोकतन्त्रका लागि अशुभ संकेत


काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले खिलराज रेग्मी प्रकरण दोहोरिन नहुने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटलाई लिएर भट्टराईले यस्तो बताएका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले मंगलवार बिहान यस्ता खालका घटना लोकतन्त्रका लागि अशुभ रहेको समेत बताएका छन्। प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभसंकेत हैनन्! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,त्यो नियम/नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्, बाबुरामले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *