जात व्यवस्था रहेसम्म लोकतान्त्रिक समाजको निर्माण हुन सक्दैन


काठमाडौं । रुकुम हत्याकाण्डको सोमबार एक वर्ष पूरा भएको छ । अन्तरजातीय प्रेमकै कारण एकवर्षअघि रुकुमका नवराज बिक र उनका केही साथीहरूले मृत्युवरण गर्नुपर्यो । तर उनीहरूले आजसम्म न्याय पाएका छैनन् ।

देश छुवाछुतमुक्त घोषणा भएको डेढ दशक हुन लागेको छ । विभेद, छुवाछुत विरुद्ध कानुनहरू पनि बनेका छन् । तर आज पनि देशका विभिन्न कुनाकुनाम जातकै आधारमा छुवाछुत र हिंसाका घटनाहरू दिनदिनै घटिरहेका छन् ।

यस्तोमा बृहत नागरिक आन्दोलन अभियानले आज (जेठ १०) को दिनलाई जात व्यवस्थाको दिवसको दिनको रूपमा सम्झिएको छ । बृहत नागरिक आन्दोलनको यो अभियानप्रति कलाकार दयाहाङ राईले समर्थन जनाएका छन् ।
सामाजिक संजालमा उनी लेख्छन्“रुकुम हत्याकाण्डको एकवर्ष (जेठ १०) लाई बृहत नागरिक आन्दोलन अभियानले जात व्यवस्थाको दिवसको रूपमा सम्झिन लागेकोमा खुसी लागेको छ । यो सम्झनालाई अर्थपूर्ण बनाउन हामीसबैजना लागौँ,” उनी जोड्छन्, “जात व्यवस्थालाई जरैदेखि फालौँ, मधेसदेखि पहाडसम्म, दलितलाई सधै दलनमा पार्ने र सम्पूर्ण समाजलाई नै रोगी बनाउने यस जात व्यवस्था रहेसम्म लोकतान्त्रिक समाजको निमार्ण हुन सक्दैन । त्यसैले बृहत नागरिक आन्दोलनको यो अभियानलाई सशक्त बनाउन आ–आफ्नो ठाँउबाट आवाज उठाऔंँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *