नियाली त हेर, ईश्वर तिमी भित्र पनि छ


शिष्यले सोध्यो- ‘ईश्वर कहाँ छ ?’

गुरूले भने- ‘सबैमा ।’बाटोमा एउटा हात्ती बेकावु हुँदै आयो । पछि पछि माहुते चिच्याइरहेको थियो- बाटोबाट हट, हात्ती पागल भएको छ ।’

गुरू छेउतिर लागे, शिष्य गुरुको कुरालाई याद गर्दै बीच बाटोमै उभियो- ‘जब सबैमा ईश्वर छन् भने हात्तीमा पनि होला ।’

हात्ती उफ्रँदै शिष्यको नजिक आयो र सुँढले उठाएर टाढा झाडीमा फ्याँकिदियो ।

शिष्य घाइते भयो । उसले गुरुसँग सोध्यो- ‘तपाईंले त ईश्वर सबैमा छन् भन्नुभएको थयो । तैपनि यस्तो किन भयो ?’

‘ईश्वर त त्यस माहुतेभित्र पनि थियो, जो हात्तीको पछाडि चिच्याउँदै आइरहेको थियो । बाटोबाट हट, हात्ती पागल भएको छ भन्दै थियो । तिमीले उसका कुरा किन मानेनौँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *