किन लगातार बढिरहेको छ सुनचाँदीको बजार भाउ ?


साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९२ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ६ सयले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ६ सयले नै बढेर ९२ हजार ९ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ६ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ९२ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *