अक्सिजन प्लान्ट, सिलिन्डर र कोरोनाविरुद्धको खोपको आपूर्तिमा लाग्न निर्देशन


काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले अक्सिजन प्लान्ट, सिलिन्डर र कोरोनाविरुद्धको खोप तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई अझै तदारुकताका साथ लाग्न निर्देशन दिएको छ ।

आज सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले उक्त निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार समस्याको रुपमा रहेको अक्सिजनको उत्पादन बढाउन विद्युत्को चार्ज छुट दिने निर्णय भएको छ ।त्यस्तै, लिक्विड अक्सिजन आपूर्तिका लागि भारतसँग निरन्तर कूटनीतिक पहल पनि भइरहेको उनले बताए ।

सिलिन्डरको समस्या समाधान गर्न चीन र ओमानबाट पनि अक्सिजन सिलिन्डर मगाइरहेको उनले बताए । निजी क्षेत्रले सिलिन्डर ल्याइरहेकाले अब अक्सिजनको अभाव नहुने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *