गीतकार तथा चलचित्रकर्मी चेतन कार्कीको निधन


काठमाडौं।फिल्म लेखक, गीतकार, साहित्यकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

एक सातादेखि सैनिक अस्पतालमा उपचाररत उनको कोरोना भाइरस संक्रमणबाट आइतबार बिहान निधन भएको हो ।फिल्म निर्देशक प्रकाश सायमीका अनुसार उनको आइतबार बिहान १०ः १५ मा निधन भएको हो ।

विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिएका उनले ‘विश्वास’, ‘भुमरी’ र ‘पहिलो प्रेम’ जस्ता फिल्म निर्देशन गरेका थिए ।उनले लेखेका ‘तिजको रहर आयो बरिलै’, ‘छोरीको जन्म हारेको हर्क’ र ‘बैनीको दया छ भने’लगायतका गीत लोकप्रिय छन् । उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन् ।

उनका ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’, ‘हनिमुन(उपन्यास)’, ‘बसिबियाँलो(कथासंग्रह), ‘माया पिरतीको कथा’, ‘जुन निदाउन थाल्यो(गीत संग्रह)’, ‘कल्पना टुट चुकी है (हिन्दी कविता)’, ‘दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता)’ प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *