राष्ट्रिय संकल्प गर्न सकेमात्र यो लडाई जित्न सकिन्छ : चिकित्सक संघ


नेपाल चिकित्सक संघले कोरोना महामारीलाई स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै कोरोनासँगको लडाई जित्न राष्ट्रिय संकल्पसहित सवै एकै ठाउँ उभिन अपील गरेको छ ।जनताको जीवन रक्षा भन्दा ठुलो मुद्दा अरु हुनसक्दैन, कृपया सिंगो राष्ट्र एक ठाँउमा उभिएर जनताको जीवन रक्षाका लागि पहल गरौं” भन्दै संघले बुधबार जारी गरेको अपीलमा राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, प्रमुख प्रतिपक्ष दल एवं सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाजलगायत सवै दाजुभाई तथा दिदी बहिनीहरूलाई अरु सवै छाडेर कोरोनाविरुद्धको लडाइमा लाग्न अपील गरेको हो ।
संघले अस्पतालको प्राङ्गणमा भएका दृष्य कारुणिक दृश्य देख्न विवश भएको भन्दै जनताका यी पिडा र वेदना भन्दा अन्य विषयहरू प्राथमिकताका विषय नहुने भन्दै ‘मानौं अस्पतालमा ति हृदय विदारक दृष्य अर्कै लोकका हुन । अनि अस्पतालमा दिनरात खटेको हाम्रो मन खिन्न हुन्छ, उदेक लाग्छ र प्रश्न गर्न मन लाग्छ –के नेतृत्वदायी भूमिकामा रहेकाहरूका लागि जनताको जीवन भन्दा ठुलो कुरा अरु केही हुनसक्छ ?’भनेर प्रश्न गरेको छ ।

“आज फेरि पनि केही आशा गरेर यो विन्ती गर्दैछौँ । अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने,” जारी विज्ञप्तिमा उल्लेख छ ।
ज्य संचालनको जिम्मा लिएकाहरुले पनि हामीले जस्तै आफ्नो जिम्मेवारीवोध गर्दै यो वेलामा त्यसरी नै काम गरिरहनु भएको छ त रु हाम्रो प्रयत्नलाई फलिभुत बनाउन सवैले हातेमालो गरिरहेका छन भन्ने अनुभूत गर्न पाए मात्र हाम्रो हिम्मत र प्रयासको अर्थ रहन्छ । तर, विडम्बना हामीले त्यो अनुभूत गर्न पाएनौं । यो लडाई स्वास्थ्यकर्मी वा स्वास्थ्य मन्त्रालयको मात्रै होइन । हामी सवै एकजुट भएर राष्ट्रिय संकल्प गर्न सकेमात्र लडाई जित्न सकिन्छ’, अपीलमा भनिएको छ ।
अध्यक्ष डा. लोचन कार्की र महासचिव बद्री रिजालले जारी गरेको विज्ञप्तिमा नेपाल चिकित्सक संघ देशभर ‘रेड अलर्ट’ घोषणा गर्दै सबैले आआफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *