बुटवल पावरको कम्पनीको नाफामा भारी गिरावट
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बुटवल पावर कम्पनी को खुद नाफामा भारी गिरावट आएको छ । यस अवधिमा कम्पनीको नाफा ४८.८१ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ८९ करोड ५९ लाख खुद नाफा कमाएकोमा समीक्षा अवधिमा नाफा घटेर ४५ करोड ८६ लाखमा सिमित भएको हो ।यस अवधिमा कम्पनीले ५१ करोड ११ लाख बराबरको विद्युत बिक्रि गरेको छ । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ३४ करोड १५ लाख रहेको छ । २ अर्ब ९५ करोड चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ३ अर्ब ९९ करोड रहेको छ ।