फेरि ‘ए’ स्तरको रेटिङमा पर्न सफल भयो नेपाल बैंक,अन्य सूचक पनि उच्च


काठमाडौं । विश्वमै ख्याति प्राप्त मुडिज्को लगानी सेवा उपलब्ध गराउने कम्पनी इक्रा नेपाल लिमिटेडद्वारा मुडिज्को स्ट्यान्डर्ड बमोजिम देशकै पहिलो बैंक(नेपाल बैक) लिमिटेड लाई ‘ए’ अर्थात आईसीआरए एनपी–आईआर ‘ए’ स्तरको रेटिङ्ग कायम गरिएको छ ।
रेटिङ एजेन्सीद्वारा यस स्तरको रेटिङ्ग प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने, बैंकको सीएएसए ९कासा०को हिस्सा ६३ प्रतिशत रहेको जुन नेपालको बैकिङ्ग क्षेत्रको औषत भन्दा उच्च रहेको, पर्याप्त पुँजी कोष अनुपात रहेको, कर्जा तथा निक्षेपको कन्सन्ट्रेसन जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको भन्ने जस्ता आधारहरू प्रमाणित भएको बैंकले जनाएको छ ।

त्यसैगरी, हाल बैंकद्वारा जारी गरिएको साढे तिन अर्ब बराबरको १० वर्ष समयावधि तथा ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्रको समेत ईक्राद्वारा ‘ए’ रेटिङ अर्थात आईक्रा एनपी एल ए रेटिङ गरेको छ । यस प्रकारको रेटिङले जारी गरिएको ऋणपत्रको तिर्नुपर्ने साँवा तथा ब्याजहरु समयमै भुक्तानी गर्नसक्ने बैंकको क्षमतालाई प्रमाणित गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *