प्रदेश प्रमुख हेरफेर,गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त


दलीय राजनीतिक दाउपेच बढ्दै जाँदा सरकारले दुई प्रदेश प्रमुख फेरेको छ। नेकपा (माओवादी केन्द्र) को सिफारिसमा यसअघि प्रदेश प्रमुख बनेका दुईलाई मन्त्रिपरिषदको सोमबारको बैठकले हटाएको हो।

निर्णय अनुसार गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरिएको हो। यसअघि पनि नेपाली कांग्रेसको पालामा नियुक्त गरिएका प्रदेश प्रमुखलाई हटाएर वर्तमान सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो।

मन्त्रिपरिषद्ले रिक्त पदमा सीता पौडेल र गंगाप्रसाद यादवलाई सिफारिस गरेको छ। पौडेललाई गण्डकी र यादवलाई सुदूरपश्चिमको प्रदेश प्रमुखमा सिफारिस गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *