हास्यकलाकार हरिवंशको सुझाव, मनमा संङ्कटकाल लगाएर बस्नुपर्छ
गएको असोजमा हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भयो। उनी मात्र सङ्क्रमित भएनन्,उनकी श्रीमतीमा पनि कोभिड १९ पोजेटिभ देखियो। कोरोना सङ्क्रमणको अनुभव भोगेका आचार्य अहिले देशभर बढ्दै गएको संक्रमितको सङ्ख्यालाई हेरेर सबै जना सुरक्षित बस्नुपर्ने बताउँदै आएका छन्।
पहिलेको भन्दा कडा प्रकृतिको कोरोना देखिएको बुझेका आचार्य सबैलाई घरभित्र नै सुरक्षित भए बस्न आग्रह गर्छन्। उनी मनमा नै सङ्कटकाल लगाएर बस्नु पर्ने बताउँछन्।
उनी भन्छन्,यो बेला आफ्नो मनमा सङ्कटकाल लगाएर बस्नुपर्छ। मनमानी गर्नुभएन, जिन्दगीलाई कसरी बचाउने भनेर सोच्ने बेला आएको छ।