हतास र त्रास होइन, विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हो (विज्ञप्ति) : नेपाली कांग्रेस


काठमाडौं।नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।

सरकारले संक्रमितको उपचारका लागि बेड अभाव भएको सार्वजनिक गरेपछि कांग्रेसले त्यसलाई गैरजिम्मेवार भनेको हो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै भनेका छन्,‘ प्रधानमन्त्रीज्यू, संकटमा राज्य हतास होइन, नागरिकलाई ढाडस बन्नुपर्छ । ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद ! युद्धस्तरमा समाधान खोजौं !’

विज्ञप्तीमा अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै नभई गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको उल्लेख छ ।

काँग्रेसले कोरोना महामारीको संकट चुलिदै गएका बेला सरकारले पुरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताएको, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गरेको, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगरेको र तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने सरकारले अहिले बेड छैन भनेर निरीहता प्रदर्शन गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *