निषेधाज्ञामा भएपनि उपत्यकाका सबै पेट्रोल पम्पहरु खुल्ला रहने

बिहिबारदेखि लागू हुने निषेधाज्ञाको समयमा पनि उपत्यका भित्रका सबै पम्पहरु खुल्ला हुने भएका छन् । नेपाल आयाल निगमले बुधबार एक सूचना जारी गर्दै बागमती प्रदेश थानकोट कार्यालयसहित उपत्यका भित्रका निगमका आधिकारिक पम्पहरू खुल्ला रहने जानकारी दिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाहरुमा निषेधाज्ञा जारी भएको अवस्थामा पनि पेट्रोलियम पदार्थको सहज र सरल ढङ्गबाट आपूर्ति तथा विक्री वितरणको व्यवस्था मिलाउनका लागि निगमले प्रदेश कार्यालय थानकोट डिपोसहित उपत्यकाका सबै पेट्रोल पम्पहरु खुल्ला राख्न लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *