माओवादी केन्द्रमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलितको प्रतिनिधित्व अनिवार्य हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशन अगावै त्यसलाई लागु गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकरी दिए ।
हिजो बसेको स्थायी कमिटी बैठकले पार्टीको अन्तरिम विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेगरी पारित गरेको उनले बताए ।त्यस्तै केन्द्रीय कमिटीमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिकामा २ प्रतिशत दलितको प्रतिनिधित्व थपिने उनले बताए । उनकाअनुसार दलित समुदायलाई विशेष अधिकार दिएर सबै कमिटीमा प्रतिनिधित्व गरिने छ ।
त्यस्तै ४० वर्ष उमेर समूहका २० प्रतिशत युवालाई सबै कमिटीमा राखिने उनले बताए । त्यस्तै पार्टीको सबै कमिटीको पादधिकारीमा एक जना महिला राख्ने निर्णय गरेको उनले बताए । केन्द्रीय कमिटी २९९ जनाको हुने उनले बताए ।