ओस्कर अवार्डको ९३ औं संस्करणमा चलचित्र ‘नोम्याडल्यान्ड’को वर्चस्व
काठमाडौं । अमेरिकाको लस एन्जलसमा जारी ओस्कर अवार्डको ९३ औं संस्करणमा अहिलेसम्म चलचित्र ‘नोम्याडल्यान्ड’को वर्चस्व देखिएको छ । नोम्याड ९घुमन्ते०हरुको कथा बोकेको चलचित्रले ‘उत्कृष्ट चलचित्र’, ‘उत्कृष्ट निर्देशक’ र ‘उत्कृष्ट अभिनेत्री’ को उपाधि हात पारेको छ ।
महिला निर्देशक क्लो झाओको निर्देशनमा बनेको यो चलचित्रमार्फत झाओ यो अवार्ड जित्ने पहिलो एसियन महिला हुन् । उत्कृष्ट महिला निर्देशनको अवार्ड पाउने दोस्रो महिला निर्देशक पनि हुन् ।
यही चलचित्रकी अभिनेत्री फ्रान्सेस म्याकडोर्मन्डले यो गरि तेस्रो पटक ‘उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी हुन् । चलचित्रकी मुख्य पात्र फर्न सेवानिवृत्त भए पनि घरविहीन भएपछि आफ्नो पुरानो गाडी लिएर यात्रामा लाग्छिन् ।
९३ औं ओस्कर अवार्ड २५ अप्रिल अमेरिकामा साँझ ५ बजेदेखि सुरु भएको हो भने युकेको समय अनुसार सोमबार विहान १ बजे भएको हो ।
मुख्य समारोहका इभेन्टहरु लस एन्जलसकै द डल्बी थिएटर र युनियन स्टेस्न गरि दुई छुटाछुटै स्थानबाट आयोजना र प्रशारण भैरहेको छ ।
यसका साथै इभेन्ट हुने अन्तर्राष्ट्रिय लोेकेसनमा ब्रिटिस मनोनितहरुका लागि युकेको बीएफआईमामा प्रशारण भैरहेको छ । फ्रेन्च मनोनितहरुका लागि पेरिसको एउटा स्टुडियोमा सञ्चालन भइरहेको छ