कर्णालीको फ्लोर क्रसले काठमाडौंमा राजनीतिक हलचल


एमाले भित्र चर्किएको आन्तरिक कलह कर्णाली प्रदेशबाट विष्फोट भएको छ। माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रधानमन्त्री केपी ओलीको प्रहार असफल भएको हो। मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई फेल गराउने निर्णायक भूमिका एमालेकै चार सांसदले निर्वाह गरेका छन्।
शुक्रबार अविश्वास प्रस्तावमाथि प्रदेशसभामा भएको मतदानको अन्तिम क्षणसम्म पनि मुख्यमन्त्रीको पद जोखिममा थियो।
जब मतदान सुरु भयो एमाले वरिष्ठ नेता माधव नेपाल समूहका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरे। एमालेका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्रस गरेका हुन्।
एमाले भित्र चर्किएको आन्तरिक कलह कर्णाली प्रदेशबाट विष्फोट भएको छ। माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रधानमन्त्री केपी ओलीको प्रहार असफल भएको हो। मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई फेल गराउने निर्णायक भूमिका एमालेकै चार सांसदले निर्वाह गरेका छन्।

शुक्रबार अविश्वास प्रस्तावमाथि प्रदेशसभामा भएको मतदानको अन्तिम क्षणसम्म पनि मुख्यमन्त्रीको पद जोखिममा थियो। जब मतदान सुरु भयो एमाले वरिष्ठ नेता माधव नेपाल समूहका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरे। एमालेका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्रस गरेका हुन्।

कर्णालीको यो फ्लोर क्रसले काठमाडौंको राजनीतिसमेत तरंगित भएको छ। प्रधानमन्त्री ओलीलाई कर्णालीको यो घटनाले झट्का दिएको छ। अरु प्रदेशमा पनि ओली निकटका मुख्यमन्त्रीलाई हटाउने अभियानमा एमाले नेपाल समूहका सांसदले यसरी नै फ्लोर क्रस गरेर सघाए भने आश्चर्य मान्नु पर्दैन। केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले ओलीको विकल्प खोज्न विपक्षी एक ठाउँमा उभिएमा आफूहरुले त्यसलाई नरोक्ने बताएका थिए। त्यसको परिणाम शुक्रबार कर्णालीमा देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *