प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, सर्वदलीय बैठक भोली


काठमाडौं । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता बदर गर्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुईपटक फोन गरेका छन् ।

पहिलोपटक निर्वाचन आयोगले १५ दिनभित्र पार्टी एकता गर्ने भए आउनू भनेकाले फोन गरेका थिए । दोस्रोपटक बिहीबार ९आज० फोन गरेका थिए । दक्षिणी ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका भवन उद्घाटन गरिरहँदा ओलीको फोन आएको प्रचण्डले नै बताएका थिए ।
भवन उद्घाटन र सम्बोधन गर्नुपर्ने भएकाले प्रचण्ड–ओलीको संवाद भएन ।
प्रचण्डले मन्तव्य टुंग्याएपछि फोन गर्ने बताएका थिए ।

“म यहाँ बस्दै गर्दा केपी ओलीको फोन आयो, धेरै समयपछि । म गाउँपालिकाको भवन उद्घाटन गर्दै छु भनेँ । यो राम्रो कुरा हो कि नराम्रो कुरा हो । मैले उद्घाटन गरेपछि तपाईंले के भन्न खोज्नुभएको हो ? यो बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु,” उनले मन्तव्यकै क्रममा भनेका थिए ।

सर्वदलीय बैठकका लागि फोन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । “भोलि ९शनिबार० बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक आह्वान भएको छ, त्यही सन्दर्भमा फोन गर्नुभएको हो,” उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *