नेपाली कांग्रेसद्धारा गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रतिगमनका मतियारहरूलाई विस्थापित गरिने बताएका छन् ।
बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्रीको विकल्पका रूपमा अघि सारिएका नेपालीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप चल्न नसकेको बताए । गण्डकी प्रदेशमा पनि संघीय सरकारकै अनुशरण गरेर संसदीय विधि–पद्धति लत्याएको आरोप पनि लगाए ।
मौजुदा मुख्यमन्त्री गुरूङले अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि बुधबार नै संसद्को चालु अधिवेशन अन्त्य गरेका थिए । गुरूङले ‘चोर बाटो’ प्रयोग गरेर अधिवेशन अन्त्य गरेको उनले बताए ।