नव वर्षको पहिलो दिन देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षका अवसरमा सम्बोधन गर्ने भएका छन्। बुधवार बिहान ८ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेको सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको सम्बोधन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समानान्तर गतिविधिलाई तिब्रता दिएका बेला आउन लागेको हो। ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नैतिकताका आधारमा राजीनामा दिनपुर्ने माग उठिरहेका भए पनि ओलीले राजीनामा दिने पक्षमा देखिँदैनन्।