विश्वकै वायु प्रदूषण बढी हुने शहर मध्येमा काठमाडौँ फेरि एक नम्बरमा


काठमाडौँ। विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौँ फेरि एक नम्बरमा पुगेको छ ।

प्रदूषण बढ्दा काठमाडौँ उपत्यका आज धुम्म देखिएको छ । प्रदूषित वायुको कण र देशका विभिन्न स्थानमा लागेको डढेलोको धुँवा उपत्यकाको आकाशमा थुप्रिदा धुम्म भएको मौसमविद् बताउँछन् ।मौसमविद् सचिना शाक्यका अनुसार अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।

प्रदूषण बढेको भन्दै सरकारले यही चैत्र १८ देखि २१ गतेसम्म ४ दिनसम्म विद्यालय बन्दसमेत गरेको थियो । यो बीचमा वर्षा भएको तथा हावा चलेर केही खुलेको काठमाडौँ उपत्यका फेरि प्रदूषित बनेको हो ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार बिहान साढे ८ बजेको मापनमा सबैभन्दा धेरै प्रदूषण धादिङको एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० ३४४ छ ।

तर काठमाडौँ उपत्यका भक्तपुर, रत्नपार्क, भैँसेपाटीलगायतको क्षेत्रको एक्यूआई २ सयभन्दा कम छ ।सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ । यसआधारमा काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *