७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ हलमा
काठमाडौं । नेपाली कथानक चलचित्र ‘श्री’ आजबाट देशभरका हलमा प्रदर्शन हुने भएको छ । लकडाउनको समयमा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको ‘श्री’ प्रदर्शनमा आएको छ।
‘श्री’ नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय मा खिचिएको चलचित्र भएको हो । निर्माण पक्षको दाबी अनुसार ७२ घण्टामा यो चलचित्रको छायांकन सकिएको थियो ।
नयाँं वर्षको अवसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा ९काजी०, मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।