‘पारस’ र ‘माइतीघर २’को सुटिङ सँगसँगै गर्ने योजना
निजी क्षेत्रबाट निर्माण गरिएको नेपालको पहिलो फिल्म ‘माइतीघर’को नाम सापट लिएर नयाँ फिल्म ‘माइतीघर २’ निर्माण हुने भएको छ । फिल्म ‘माइतीघर’ सन् १९६६ मा निर्माण भएको थियो ।
यो फिल्मको नयाँ संस्करण ‘माइतीघर २’ अभिनेता भुवन केसीले निर्माण गर्दैछन् । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा भुवन पुत्र अनमोल केसी प्रमुख भूमिकामा हुनेछन् ।
‘माइतीघरको कथालाई नै छोएर माइतीघर २ को कथालाई अगाडि बढाउछौं । प्रेमकथाको फ्लेभर भएपनि नयाँ कथामा माइतीघरकै कथालाई गाँस्नेछौं’, भुवनले भने । भुवनले आगामी पन्ध्र दिनसम्ममा फिल्मका अन्य कलाकार फाइनल हुने बताए ।
भुवन होम प्रोडक्सनबाटै नयाँ फिल्म ‘पारस’ गर्ने तयारीमा थिए । तर अब उनी ‘पारस’ र ‘माइतीघर २’लाई सँगसँगै लैजाने योजनामा छन्