काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ,अब एन्टिजेन परीक्षण गर्नुपर्ने
काठमाडौं । काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराए ।
उनका अनुसार नाकामा जोडिएका नगरपालिका र गाउँपालिकामा हेल्थ हेस्क राखिनेछ ।त्यसको सबै व्यवस्थापन सरकारले गर्नेछ । नगरपालिका र गाउँपालिकामा हेल्थ डेस्क राख्ने काम सुरू भइसकेको छ ।
“काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाहरुले नै स्वास्थ्य जाँच र एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्था मिलाउने र सम्र्प व्यक्ति तोक्ने । एन्टिजेन किट स्वास्थ्य कार्यालयले उपलब्ध गराउने,” निर्णयमा भनिएको छ, “एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी पठाउने ।”
त्यस्तै काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।