म्यानमारमा विकसित पछिल्लो घटनामा चिन्ता र चासो छ : परराष्ट्र मन्त्री


काठमाडौं । सरकारले म्यानमारमा निर्वाचित सरकार सैन्य हस्ताक्षेपबाट अपदस्त गरेको विषयमा चिन्ता व्यक्त गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संसदमा सरकारकातर्फबाट संबोधन गर्ने क्रममा यस्तो चिन्ता जाहेर गरेका हुन् ।

“एकजना माननीयज्यूले म्यानमारको घटनाका विषयमा सरकारको धारणा के हो भन्ने प्रश्न राख्नुभएको थियो,” सांसदको प्रश्नको पनि जवाफ दिन पुगेका ज्ञवालीले भने, “म्यानमारमा विकसित पछिल्लो घटनामा नेपाल सरकारको गहिरो चिन्ता र चासो छ ।
आङ सान सूकीको दल एनएलडीले निर्वाचन जितेपछि पनि सत्ता हस्तान्तरण स्वभाविक रुपमा नभएको अवस्था थियो । ढिलो हस्तान्तरण गरेको सत्ता पुनः जनमत अनुसार चलाउन दिइएको छैन । नेपालको विदेश नीतिको फण्डामेन्टल पिलर लोकतन्त्र, शान्ति हो ।”
उनले आङ सान सूकीको तत्काल रिहाइको माग गरे । त्यसक्रममा सांसदहरुले म्यानमार घटनामा सरकार लोकतन्त्रको पक्षमा उभिने हो कि आङ सान सुकीको रिहाइको मात्र माग गर्ने हो भन्दै प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *