भाइरल भइरहेको भिडियोबारे अजय देवगनको भनाइ


बलिउड अभिनेता अजय देवगनको नाम जोडेर एक भिडियो भाइरल भइरहेको छ। भिडियोमा अजयलाई दिल्लीको एक पबबाहिर मानिसहरुले कुटेको भनि दाबी गरिएको थियो।

सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भए पछि अजयको टिमले उक्त भिडियोमा देखिएको व्यक्ति अजय नभएको जनाएको छ। अजयले पनि ट्विटरमा भिडियो सेयर गर्दै आफुले कुटाइ खाएको कुरा झुटो भएको जानकारी दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन् ‘म जस्तै देखिने मानिस समस्यामा परेका छन्। यो भिडियोलाई लिएर मलाई थुप्रै फोन आइरहेको छ। म स्पष्ट पार्न चाहान्छु कि मैले दिल्लीको यात्रा गरेको छैन। मेरो बारेमा चलिरहेको कुनैपनि विवादमा म समावेश छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *