तराई-मधेस द्रुतमार्ग निर्माणको दोस्रो चरणको काम शुरु
काठमाडौँ।तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजना काठमाडौँतर्फको जिरो प्वाइन्ट मानिएको खोकनामा जग्गा विवाद नसुल्झिएपछि नेपाली सेनाले दोस्रो चरणको काम बाराको जिरो प्वाइन्ट निजगढबाट सुरु गर्ने तयारी गरेको छ ।
खोकनातर्फबाट जग्गा मुआब्जा विवाद नटुंगिएपछि सेनाले निर्माण कार्य दोस्रो चरणमा लैजान र काम नरोक्न भन्दै निजगढतर्फको प्रवेश विन्दुबाट २२ किलोमिटर काठमाडौँतर्फ पुल निर्माण र सडक कालोपत्र तयारी गरेको हो ।नेपाली सेनाको व्यवस्थापनमा निर्माण जारी द्रुतमार्गमा हाल पहिलो चरणअन्तरगत रोडवेभित्र कटिङ, फिलिङसहित सब ग्रेड फरमेसन तयार गर्ने, बक्स कल्भर्ट, पाइप कल्भर्ट बनाउने तथा चट्टानसहित माटोको प्रकृति र भौगर्भिक बनौट परीक्षण कार्य सकिएको छ ।
त्यस्तै, निर्माण सामग्री लैजान आवश्यक पहुँचमार्गका लागि बेलीब्रिज हाल्ने कामसमेत अन्तिम चरणमा छ ।