बागलुङ घटना शंकास्पद र अमानवीय, सरकारले तीब्र अनुसन्धान गरोस्
काठमाडौं । होली खेल्ने क्रममा बाग्लुङमा भएको झडपमा आफ्नो कार्यकर्ताको पनि मृत्यु भएको भन्दै नेपाली कांग्रेसले घटना शंकास्पद देखिएको बताएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमवार एक विज्ञप्ति जारी गर्दै प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेसले दुवै युवाको मृत शरीर भिरबाट करिब ४ सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिती देखिएको भन्दै अनुसन्धान तीब्र बनाउन सरकारसँग माग गरेको छ ।