ग्लोबल बैंकको डिबेन्चर बिक्रीको आज अन्तिम दिन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डिबेन्चर बिक्री सोमबार बाट बन्द हुन लागेको छ ।कम्पनीले ८.५ प्रतिशत ब्याजदर र १० वर्ष अवधि रहेको ऋणपत्र गत चैत्र १ गते देखि खुला गरेको थियो ।
प्रति ऋणपत्र रु.१ हजार मूल्य तोकी रु।३ अर्ब बराबरको ३० लाख कित्ता कम्पनीले बिक्रीमा राखेको थियो । जसमध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवर बाट र बाकी १ अर्ब २० करोड कित्ता सर्वसाधारणको लागी निष्कासन गरेको थियो ।
यसबाट सामूहिक लगानी कोषलाई ५५ अर्थात् ६० हजार इकाई छुट्याएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक ८.५०५ ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
बैंकले १० वर्ष अवधिको ‘८.५०५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र जारी गरेको हो । बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गरेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।