अदालतले बोलायो सञ्जयलीला भन्साली र आलिया भट्टलाई
मुम्बई । ‘गंगुबाई कठियावाडी’का निर्देशक सञ्जयलीला भन्साली, अभिनेत्री आलिया भट्ट र लेखकलाई मुम्बईको मझागाउँ अदालतले बोलाएको छ । उनीहरुलाई मुम्बईको एउटा मेट्रोपोलिटिन मजिस्ट्रेटले मे २१ मा अदालतमा हाजिर हुन भनेको हो ।
गंगुबाईका धर्मपुत्र बाबु रावजी साहले उनीहरुविरुद्ध मानहानिको आरोप लगाएपछि उनीहरुलाई बयानका लागि बोलाइएको हो । चलचित्रका कारण उनीहरुको परिवारले बदनामी खेप्नु परेको आरोप रावजीले लगाएका हुन् ।यो चलचित्र गंगुबाईको बायोपिक किताब ‘माफिया क्वीन्स अफ मुम्बई’को आधारमा तयार पारिएको हो । रावजीका अनुसार किताबमा लेखिएका सबै कुराहरु सत्य छैन ।