विधिसम्मत गरेको निर्णयबाट पछि हट्न मिल्दैन : केपी शर्मा ओली


प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णयबाट पछि फर्किन नसकिने बताएका छन् । फागुन २८ तथा चैत ७ गते बसेको केन्द्रीय कमिटी तथा संसदीय दलका विधिसम्मत बसेका बैठकको निर्णय फिर्ता नहुने उनले स्पष्ट गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता समेत रहेका ओलीले यसअघि भएका निर्णय फिर्ता नहुने स्पष्ट पारेका हुन् । बैठकको शुरूमै सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको विवाद अन्त्य गर्न प्रस्ताव गरेका थिए ।

‘२८ गते गरेका निर्णय, चैत्र ५ र ७ गतेको संसदीय दलको बैठकबाट ब्याक हुन सकिँदैन, विधिसम्मत गरेको निर्णयबाट पछि हट्न मिल्दैन,’ ओलीको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *