निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर बिक्रीमा


निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ ।
संस्थाले एक लाख ८ हजार ५ सय ४२ कित्ता संस्थापक सेयरहरू चैत्र १८ गते, बुधबारदेखि लिलाम बढाबढ गरि बिक्री गर्न लागेको हो ।
उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले वैशाख २१ गतेभित्र न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।
त्यस्तै, उक्त सेयरको न्यूनतम मूल्य ५ सय ५० रूपैयाँ तोकिएको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *