नेप्सेमा अरुण भ्यालीको शेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य २४२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ३१३ थियो । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि आज चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । चैत्र ८ गते गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्।
नेपाल धितोपत्र बोर्डले आज फागुन २५ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले १स्०५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो । यस संगै अब कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले १/१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेपनि विद्युत नियम आयोगले कम्पनीलाई २ चरणमा हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो । हालको ५० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीले फेरी दोस्रो चरणको हकप्रद निष्काशन गर्ने छ ।