सरकार टिकाउने नाममा जनभावना विपरितका काम गरिने छैन् : केपी शर्मा ओली
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउने नाममा जनभावना विपरितका काम नगर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले सरकार संविधानको धारा ७६ को २ मा रुपान्तरण भएपनि सरकार टिकाउने नाममा अनुचित सम्झौता नगर्ने बताएका हुन् । ‘फागुन २३ को सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ (१) अनुसारको सरकार (२) मा रुपान्तरित भएको छ, हामी त्यही अनुसार अगाडी बढ्छौँ । सरकार टिकाउन अनुचित सम्बन्ध, सिद्धान्तहीन गठबन्धन र जनताको भावना विपरितको काम गर्नेछैनौ,’ बैठकमा ओलीको भनाइ उदृद्ध गर्दै ज्ञवालीले भने, ‘सरकारलाई थप घेराबन्दी गरेमा फेरि कमब्याक गर्नेछौ ।