भट्टराईसँग बिग्रिएको सम्बन्धलाई सुधार गर्ने प्रयासमा दाहाल, के होलान् सफल
नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्याउन खोजेको प्रष्ट हुन्छ ।
अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।दाहाल-भट्टराई सम्बन्ध निकै पुरानो हो । १० वर्षे जनयुद्धभर उनीहरु एकै ठाउँमा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनीहरु लामो समय सँगै रहन सकेनन् । राजनीतिक रुपमा टकराव हुन थालेपछि उनीहरुबीचको सम्बन्धमा दरार आयो ।
पछिल्लो समय भने भट्टराईसँग विगतमा बिग्रिएको सम्बन्धलाई पुनर्ताजगीकरण गर्ने प्रयासमा दाहालले सक्रियता बढाएका हुन् ।पछिल्लो एक-डेढ महिनाका बीचमा दाहाल-भट्टराईबीच तीनपटक एक्लाएक्लै भेटवार्ता भइसकेको छ ।