झलनाथ-माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलाले पारित गरेयो १७ बुँदे प्रस्ताव
झलनाथ-माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकतालाई जोगाउनुपर्ने लगायतमा विभिन्न १७ बुँदे प्रस्ताव पारित गरेको छ । सो समूहको यही चैत ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलाले एकता जोगाउनुपर्ने मागगर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विधिअनुरुप बैठक बोलाउनसमेत आग्रह गरेको छ ।
“सर्वोच्च अदालतको पैmसलाअनुरुप नेकपा ९माओवादी केन्द्र० सँगको एकीकरणपूर्वको पार्टीको सङ्गठनात्मक स्थितिलाई स्वीकार गरी गत फागुन २८ गते सरकारी निवास बालुवाटारमा गरिएका निर्णय रद्द गरी क्रमशः पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न यो भेला जोडदार माग गर्दछ”, प्रस्तावमा भनिएको छ ।
प्रस्तावमा सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टीको दर्ता खारेज गर्नाका साथै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् स्थितिमा रहने फैसला गरेपछि नेकपा (एमाले) का सबै कमिटी, सम्बद्ध जनसङ्गठन र पेशागत सङ्गठनलगायत सबै संरचना उक्त दुई कम्युनिष्ट पार्टीको एकीकरणपूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानूनसम्मत र पद्धति सम्मत हुने उल्लेख छ । यसरी पार्टीलाई विधान, विधि र पद्धतिअनुरुप सञ्चालन गरेर मात्र नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिने भेलाको निष्कर्ष छ ।