चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता !
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि लोक कल्याणकारी कोष स्थापना गरेको छ । संघका अनुसार ६० वर्ष माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिइने छ ।
कोषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने तथा समस्यामा परेका चलचित्र पत्रकारहरुको हितमा काम गर्ने उद्देश्यले कोषको स्थापना गरेको जनाइएको छ ।
संघको २१ औं वार्षिक साधारणसभामा कल्याणकारी कोष घोषणा गरिएको हो । “६० वर्ष उमेर पुगेका चलचित्र पत्रकारलाई मासिस ६ हजार रुपैयाँ दिने योजना अनुसार कोष घोषणा गरेका हौं,” चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले भने, “जेठ ७ गते यसबारे थप जानकारी दिने कार्यक्रम रहेको छ ।”