सर्वदलीय बैठकमा रामचन्द्र पौडेलको आक्रोश,किन चाहियो बैठक ?
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा उनकै सामु नेताहरुले आलोचना गरेका छन्।जसमध्य थिए रामचन्द्र पौडेल।उनले राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दा कसैसँग छलफल नगरी सदर गरेको भन्दै त्यतिबेला सर्वदलीय बैठक किन नडाकेको भन्दै आक्रोश पोखेका हुन्।
प्रतिनिधिसभा विघटन सिफारिसलाई छलफल नै नगरी सदर गर्ने अहिले सर्वदलीय बैठक बोलाउनुको के अर्थ पौडेलले राष्ट्रपतिलाई गरेको प्रश्नलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले बताए।
उनले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएसँगै राष्ट्रपति र प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उब्जिएको बताएका थिए।
पौडेलले ओली प्रति कटाक्ष गर्दै भने संसद चलाउने, संसदलाई बिजनेस दिने कुरा सरकारको हो। प्रधानमन्त्रीको हो। प्रतिनिधिसभा नै विघटन गरिदिने, संसदलाई छल्न खोज्ने अनि संसदले काम गर्न दिएन भन्न सुहाउँछ ?