फेरि सटडाउनको रणनीतिमा इटाली,कोरोनाको नयाँ लहर


इटालीमा कोरोना भाइरसको नयाँ लहर देखिएपछि सरकारले प्रतिबन्धहरु घोषणा गरेको छ। इटालियन प्रधानमन्त्री मारियो ड्राघीले भाइरसको नयाँ लहरु का कारण सोमबारबाट पसल, रेष्टुराँ र विद्यालयहरु बन्द गर्ने बताएका छन्।

अप्रिल ३ देखि ५ सम्म भने सबै क्षेत्र सटडाउन हेनछन्।कोरोना संक्रमणका कारण विश्वमै पहिलोपटक देशव्यापी लकडाउन घोषणा गरेको इटाली फेरि भाइरससँग जुधिरहेको छ।

नयाँ लहरका कारण नयाँ प्रतिबन्धहरु घोषणा भएसँगै सोमबारबाट इटालीको आधाभन्दा बढी क्षेत्रमा पसल, रेष्टुराँ विद्यालय बन्द रहनेछन्। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक काममा बाहेक अन्य कामका लागि बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

केही सातायता इटालीमा दैनिक हजारौं व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। जसकारण अस्पतालहरुले संक्रमितको चाप थेग्न सकिरहेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *