दुईतिहाइको सरकार ढालेर विभिन्न टालाटुली जोडेको ‘टाले सरकार’ बनाउन लागिएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर टालाटुली जोडेर सरकार बनाउने प्रयास शुरू भएको बताएका छन् ।
अहिले जालझेल गरेर आफूलाई हटाए २० महिनापछि फेरि दुईतिहाइ भोटसहित मूलढोकाबाट सिंहरबार पस्ने उनले बताए । अखिल नेपाल महिला संघले शनिवार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले दुईतिहाइको सरकार ढालेर विभिन्न टालाटुली जोडेको ‘टाले सरकार’ बनाउन लागिए पनि आफूलाई प्रतिपक्षमा बस्न गाह्रो नहुने बताए ।
‘कसैलाई प्रतिपक्षमा बस्न गाह्रो हुन्छ, मलाई २०७३ सालमा प्रधानमन्त्रीबाट हटाइयो । १९ महिनापछि झण्डै दुईतिहाइसहित सिंहदरबार फर्कियौं ।नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेससँग आग्रह गरिरहेकोतर्फ संकेत गर्दै ओलीले भने, ‘केपी ओलीलाई हटाउनुपर्यो, विकास नगर्ने सरकार बनाऔं । तपाईंले प्रधानमन्त्री बन्नुपर्यो भन्दै निवेदन हाल्दै हिँडेको देखेका छौं । हामी कसैकोमा निवेदन हाल्न जाँदैनौं,’ ओलीले भने ।