संसदीय दलको नेता छान्न जसपाको बैठक


जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक शुरू भएको छ ।

बैठक जसपा स‌सदीय दल सिंहदरबारमा जारी छ । आजको बैठकमा संसदीय दलको नेता छान्ने मुख्य एजेन्डा रहेको एक नेताले बताए ।त्यस्तै बैठकमा संसदीय दलको विधान छलफलपछि पारित गर्ने एजेन्डा तय गरिएको छ ।

पार्टीका सांसदहरुलाई संसदीय दलको विधान अध्ययन गर्न दिइएको र सोही विधान बारे छलफल गरी विधान पारित गरिने ती नेताले बताए । विधान पारित पछि स‌सदीय दलको नेता छान्ने कार्यसूची रहेको छ ।

आजै बसेको जसपाका शीर्ष नेताको छलफलले संसदीय दलको बैठकका दुई एजेन्डा तय गरेको थियो ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण भए पनि अहिलेसम्म एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *