बेलायती राजपरिवारमाथि मेगनले लगाइन् नश्लीय विभेदको आरोप


प्रिन्स ह्यारी र उनकी श्रीमती मेगन मर्केलले बेलायती राजपरिवारमा रहँदा भोग्नु परेका कठिनाइहरु सार्वजनिक गरेका छन्। ओपरा विनफ्रीसँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा ह्यारी र मेगनले दरबारभित्रका विभेदका बारेमा खुलासासमेत गरेका छन्।

मेगनले शाही परिवारले आफ्नो छोरा आर्चीलाई राजकुमार बनाउन नचाहेको दाबी गरेकी छिन्। साथै आफ्नो छोराको छालाको रंगलाई लिएर शाही परिवारको एक सदस्यले टिप्पणी गरेको समेत उनले खुलासा गरिन्। अन्तर्वार्ताका क्रमा मेगनले छालाको रंगलाई लिएर चिन्ता व्यक्त गर्ने सदस्यको नाम भने खुलाउन चाहिनन्। नाम खुले उनको इज्जतमा धक्का लाग्ने मेगनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *