अब एमालेतिरै हुने परिस्थिति बनेको माधवकुमार नेपालको ठहर
काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले अब एमालेतिरै हुने परिस्थिति बनेको बताएका छन् ।
“अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो,” पेरिसडाँडाबाट बाहिरिनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै भने, “एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर हामीले निर्णय गर्छौँ ।”उनले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने बताए ।